गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिताको लागि ग्रुमिङ शुरु

IMG-20230411-WA0191.jpg

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम आगामी १४, १५ र १६ अप्रेलको दिन हुने भएको छ। उक्त कार्यक्रममा मुख्य आकर्षणको रूपमा गोर्खा सुन्दरी र गोर्खा श्री कार्यक्रम प्रतियोगिता आयोजना भईरहेको छ। उक्त गोर्खा सुन्दरी र गोर्खा श्रीको लागि आजदेखि ग्रुमिङ शुरु भएको छ। यय अन्तर्गत गोर्खा सुन्दरीको लागि २० जना केटीहरू र गोर्खा श्रीको लागि १० जना केटाहरू भएको र १० केटीहरूका लागि अझैं रिक्त स्थान रहेको छ। आजको कार्यक्रममा दास इन्टरटेन्टमेन्टलाई खरसाङमा मौका दिएकोमा गोर्खा सांस्कृतिक संस्थान खरसाङलाई आभारसहित सम्मान जनाइएको छ।

कार्यक्रमपछि दास इन्टरटेन्टमेन्टको सीईओ अनु दासले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले गोर्खा सांस्कृतिक संस्थान खरसाङको आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा आयोजित तीन दिवसीय कार्यक्रम अन्तर्गत १६ अप्रेलको दिन गोर्खा सुन्दरी र गोर्खा श्री प्रतियोगिता भईरहेको हर यसको लागि आजदेखि ग्रुमिङ शुरु भएको जनाइन्। उनले यस प्रतियोगिता अन्तर्गत गोर्खा श्रीको लागि १० केटाहरू पूरा भएको छ र गोर्खा सुन्दरी प्रतियोगिताको लागि ३० चाहिएकोमा २० मात्रै केटाहरू भएकोले अझैं १० जना केटीहरूले आफ्नो नाम दर्ता गर्न सक्ने बताएका छन्। उनले यसको लागि गोर्खा सांस्कृतिक संस्थान खरसाङको फेसबुक पेजमा रहेको लिंकमा गएर अप्लाई गर्न सक्ने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement