डिब्रूगढ़: दुर्घटनामा मृतकका परिजनहरूलाई सरकारले २-२ लाख प्रदान

0fa21de1-9e36-431b-bb40-1c5a431bd6a6-1

डिब्रूगढ़: सड़क दुर्घटनामा ज्यान गुमाउने तीन महिलाका परिवारहरूको निम्ति राज्य सरकारले वित्तीय सहायता राशिको घोषणा गरेको छ। एक सड़क दुर्घटनामा तीन महिलाको मृत्यु भएको थियो।दुर्घटनापछि भएको हंगामामा रूष्ट मानिसहरूको एक समूहले पुलिसको एक वाहनमा आगो पनि लगाएको थियो। यसपछि स्थितिलाई नियन्त्रित गर्नका लागि पुलिसलाई हवाई फाइरिङसम्म गर्नपरेको थियो।मुख्यमन्त्रीको निर्देशमा मंगलवार राज्यका चिया जनजाति कल्याण मन्त्री संजय किसन दुर्घटनामा ज्यान गुमाउने तीनै महिलाको आवासमा पुगे। मन्त्रीले मृतक महिलाहरूको परिवारहरूप्रति आफ्नो समवेदना व्यक्त गरे औं पीड़ितहरूका परिवारहरूलाई २-२ लाख रूपियाँको वित्तीय सहायता दिने घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement