खरसाङ: खरसाङको वर्ध्दमान रोडमा रहेको पुरानो काठ र टिनको घर हाई कोर्टको निर्देशनमा खरसाङ नगरपालिका प्रशासनद्वारा भत्काउने कार्य गरिएको छ। उक्त पुरानो घरको मालिक र त्यहाँ भाँड़ामा दोकान खोलेर बस्नेहरूमाझ विवाद भएपछि केश हाई कोर्टमा पुगेको थियो। उक्त केश अन्तर्गत कोलकोता हाई कोर्टको जलपाईगढीस्थित सर्किट बेञ्चमा गत २ मार्च २०२३ मा नै सुनवाई भएपछि यो पुरानो काठको घर भत्काउनलाई नगरपालिका प्रशासनलाई दिइएको अनुसार आज भत्काइएको छ। उक्त पुरानो काठको घरमा फर्निचरको दोकान, ग्लास हाउस, एउटा दोकान, एउटा स्टोरेस र एउटा खाली भत्केको कोठा रहेको बताइएको छ। उक्त पुरानो घरलाई हाई कोर्टको निर्देशनमा खरसाङ नगरपालिकाद्वारा भत्काउने कार्य गरिएको छ। उक्त पुरानो घर भत्काउने कार्यमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको ईञ्जिनियर गोबिन्द अधिकारी, नगरपालिकाको एफओ लगायत नगरपालिकाको कर्मचारीहरू, पुलिस प्रशासन, खरसाङ महकुमा प्रशासन, ट्राफिक पुलिस, अग्निशमम विभागका अधिकारीहरू पनि उपस्थित रहेका थिए। खरसाङको वर्ध्दमान रोडमा रहेको पुरानो काठ र टिनले बनिएको घर भत्काइएको विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले यहाँको पुरानो बिल्डिङ हाई कोर्टको निर्देशनमा खरसाङ नगरपालिका प्रशासनद्वारा भत्काउने कार्य गरिएको बताएका छन्। उनले यो बिल्डिङ नगरपालिका क्षेत्र अन्तर्गत रहेकोले कोर्टले नगरपालिकालाई निर्देशन दिएको हुनाले भत्काउने कार्य गरिएको जानकारी गराउँदै यो पुरानो बिल्डिङको विषयमा मालिक पक्ष र यहाँ भाँड़ामा दोकान खोलेर सञ्चालन गर्दै आएकाहरूमाझ विवाद भएपछि कुरा कोर्टमा पुगेको र कोलकोता हाई कोर्टको जलपाईगढीस्थित डिभिजनल बेञ्चले सुनवाई गर्दै २ मार्च २०२३ मा भत्काउने निर्देशन आएको बताएका छन्। नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले यस विषयमा भने, यो पुरानो बिल्डिङ विषयमा २०२०-२१ तिर नै अर्डर आएको हो र तेतिबेला नै नगरपालिकाले यसको मालिक र यहाँ दोकान खोलेर बसेकाहरूलाई लिएर सभा गरेको थियो। उनले अघि भने, नगरपालिकाले कोर्टको निर्देशनलाई पालन गरेको हो। यो पुरानो बिल्डिङ जनताको हितमा, खरसाङको हितमा, खरसाङको सुन्दरीकरणको निम्ति साथै यस भवनको मालिक पक्ष र यहाँ दोकान खोलेर बसोबासो गर्नेहरूका हितमा नै भत्काउने कार्य गरिएको छ।’

यहाँ के बनिन्छ र यहाँ दोकान चलाउनेहरूका लागि के गरिनेछ भनी सोधिएको प्रश्नको उत्तरमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले हामी भत्काउने मात्रै हो तर जमीनको मालिक र दोकान खोलेर बस्नेहरूमाझ केही सम्झौता भएको होला भन्दै यो पुरानो बिल्डिङमा फर्निचरको दोकान, ग्लास हाउस, दोकान, एउटा स्टोर र बीचमा खाली जग्गा रहेको थियो भनी बताएका छन्। उनले एक प्रश्नको उत्तरमा खरसाङ नगरपालिका क्षेत्रमा अझैं पुरानो भत्किन लागेको बिल्डिङहरू विषयमा पत्रहरू आएको र त्यस विषयमा पनि भविष्यमा निरीक्षण गरेर मानिसहरूका सुरक्षाको लागि कार्य गर्ने वचन दिएका छन्।










