गान्तोक। राज्यपाल गंगा प्रसादसॅंग गैर सरकारी संस्था बी का सदस्यहरूले राजभवनमा शिष्टाचार भेट गरे। संस्थाका सदस्यहरूमा राज यादव, लाल चन्द यादव, महेन्द्र यादव र मोहनलाल यादव सामेल रहेको जानकारी राजभवनले दिएको छ।
उल्लेखनीय छ, राज्यपालले गत वित्त वर्ष संस्थाको कार्यप्रति खुशी व्यक्त गर्दै एक लाखको सहायता राशि प्रदान गरेका थिए। संस्थाका सदस्यहरूले राज्यपाललाई धन्यवाद दिॅंदै विभिन्न गतिविधिहरूको विषयमा जानकारी दिए। साथै गत वित्त वर्षमा प्राप्त सहयोग राशिको उचित प्रयोगको पनि विवरण दिएका थिए। यस अतिरिक्त भावी क्रियाकलापहरूबारे पनि चर्चा गरे।
संस्थाको सकारात्मक विचार र कार्यहरूको सराहना गर्दै राज्यपालले संस्थालाई अतिरिक्त दुई लाख रूपियॉंको चेक प्रदान गरे। उनले संस्थालाई आगामी दिनहरूमा पनि सहयोगको आश्वान दिए। बी संस्थाले गत पाँच वर्षमा शिक्षा, चिकित्सा, आपदा आदि क्षेत्रहरूमा दुःखी-पीड़ित मानिसहरूको कद्दत गर्दै आइरहेको छ।