इस्लामपुर गोलीकाण्डमा नयाँ मोड़ , पुलिसमाथि नै उठ्न थाल्यो प्रश्न

fcf5b764-2e8b-492c-a652-3851f1b44d73


गोली लागेर घाइते भएका अर्को तृणमूल कार्यकर्ता ११ दिन पछि बाहिर

उत्तर दिनाजपुर: इस्लामपुर गोलीकाण्डमा नयाँ मोड़ आएको छ । गोली लागेर भाइको मृत्यु भएपछि दाजु यति डराए कि गोली लागेको घाइते अवस्थामा नै ११ दिनसम्म उपचारविना घरमै बसिरहे ।अन्त्यमा गोली लागेको घाउको पीडा सहन नसकेपछि चोपडाको दिघबाना गाउँका मोहम्मद मजीर उपचारका लागि इस्लामपुर अस्पताल पुगे । घाइतेको यस्तो अवस्था देख्दा इस्लामपुर अस्पतालका डाक्टरहरू स्तब्ध भए।
यस घटनालाई लिएर अहिले पुलिसको काम-कारबाहीप्रति प्रश्न उठिरहेको छ । उल्लेखनीय छ कि ३० मार्चमा चोपडा थानाको चुटियाखोर ग्राम पञ्चायतको दिघाबाना गाउँमा तृणमूल कङ्ग्रेसको बुथ कमिटी बैठकमा गोली चल्दा दुई तृणमूल कार्यकर्ताको मृत्यु भएको थियो। मृतक हासु मोहम्मदका जेठा दाजु मोहम्मद मजीरलाई पनि सोही दिन गोली लागेको उनको दाबी छ । मजीरको दुवै खुट्टामा गोली लागेको छ ।त्यस दिनदेखि मजिर आफू पनि मारिने डरले लुकेर बसेका थिए। तर असह्य पीडाले सताएपछि उनी बाहिर आउन वाध्य भए। असह्य पीडाका कारण उनलाई मंगलबार दिउँसो इस्लामपुर डिभिजन अस्पतालमा भर्ना गरिएको थियो । यस दिन मोहम्मद मजीर क्यामेराको अगाडि असहाय भएर रोएका थिए । उनलाई यस्तो अवस्थामा देखेर इस्लामपुर विभागीय अस्पतालका डाक्टरहरु स्तब्ध भएका थिए । यद्यपि, स्थानीय स्रोतका अनुसार,गोलीबारीमा मारिएका फैजुर रहमानको परिवारले तृणमूलका मोहम्मद मजीरको नेतृत्वमा नै गोली चलाइएको दावी गरेको छ। राज्यको राजनीतिदेखि राज्य प्रशासनसम्म खलबली मच्चाउने यो घटनामा पुलिसले दोषीलाई किन फेला पार्न सकेन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ? त्यसैगरी हुल्दङ्गा मच्चिएको सो दिन एकजना व्यक्तिलाई गोली लाग्छ,घाइते हुन्छ ,पुलिसले किन उसलाई नियन्त्रणमा लिन सकेन वा उचित उपचार गराउन सकेन भन्ने प्रश्न यत्र -तत्र उठिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement