कुचबिहार: सानो विवादलाई लिएर हातापाई समेत भएपछि घरबाट हतियार ल्याएर साथीको घाँटीमा प्रहार गरेको घटना प्रकाशमा आएको छ। यो दुःखद घटना तुफानगञ्ज आन्दरन फुलबारी १ नम्बर ग्राम पञ्चायतको तुतफम पश्चिमपाडा इलाकामा घटेको हो ।पाइएको जानकारी अनुसार हिजो क्रिकेट खेलिरहेको समय साथीसित विवाद भएको थियो।विवादकै क्रममा हातापाई भएपछि सुरजीत पाइन नाम गरेको एकजना युवकले घरबाट हतियार ल्याएर अरित सिंहलाई प्रहार गरेको बताइएको छ। घाइते अवस्थामा अरितलाई उद्धार गरेर तुफानगञ्ज महकुमा अस्पतालमा लगेर प्राथमिक उपचार गरेपछि छोडिदिएको छ। यस घटनालाई केन्द्र गरेर इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर तुफानगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर आरोपी सुरजीतलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।