नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८७ करोड सावधानी डोज) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ३५८ वटा खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या ३७ हजार ०९३ छl सक्रिय मामला दर ०.०८ प्रतिशत छ भने हालको स्वस्थ दर ९८.७३ प्रतिशत छl पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ६१ जना स्वस्थ भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४२ लाख ७९ पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ७६ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर २.८८ प्रतिशत छ भने साप्ताहिक सक्रिय मामला दर ३.८१ प्रतिशत छl अहिलेसम्म ९२.३० करोड परीक्षण, पछिल्लो २४ घण्टामा १,९६,७९६ परीक्षण गरिएको छl –पीआईबी