सिलगढी सहरलाई फोहोर-मैला मुक्त गराउन नगरनिगमले विविध पदक्षेप ग्रहण

IMG-20230411-WA0167.jpg

सिलगढी: सिलगढी सहरलाई फोहोर-मैला मुक्त गराउन नगरनिगमले विविध पदक्षेप ग्रहण गरेको छ। यसैलाई केन्द्र गरेर आज २ वटा पेलोडर वाहन परिसेवा शुरू गरेको छ। सिलगढीका मेयर गौतम देवले उक्त २ वटा पेलोडर वाहनको आज विधिवत्‌ उद्घाटन गरे। यस अवसरमा गारबेज डिपार्टमेन्टका मेयर परिषद मानिक दे, नगरनिगमका कमिश्रर सोनम वाङ्ग्दी भुटिया लगायत अन्य उपस्थित थिए। यस विषयमा मेयर गौतम देवले भने, सिलगढी सहरलाई जीरो वेस्ट बनाउने आफूहरूको मुख्य लक्ष्य हो। तृणमूलको नगरनिगम बोर्डले १०७ वटा वाहनको साथमा परिसेवा शुरू गरेको थियो भने हाल वाहनहरूको संख्या बढेर १८९ भएको छ। यी सबै वाहनहरू सिलगढी सहरको फोहोर-मैला उठाउने कार्यमा लागिपरेकोले गर्दा चाँडै नै सिलगढी सहरलाई जीरो वेस्ट बनाउने आफूहरूको लक्ष्य पुरा हुनेछ भनी मेयरले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement