नगर निगम नियुक्तिमा भ्रष्टाचारको आरोप, मन्त्री फिरहादको बढ्यो सङ्कट

aa-Cover-opmv47el773cqees70mjlescu4-20170513021633.Medi_.jpeg

कोलकताः पश्चिम बङ्गालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारपछि कोलकाता नगर निगमको नियुक्तिमा धॉंधलीलाई लिएर मेयर अनि ममता क्याबिनेटमा मन्त्री फिरहाद हकीमको सङ्कट बढ्ने देखिएको छ। भाजपाका पार्षद सजल घोषले एक दिन अगाडि फेसबुकमा पोस्ट गरेर शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा पर्ने अयन सीलको घरबाट कोलकता नगर निगममा नियुक्ति सम्बन्धी धेरै दस्तावेज भेटिएको दाबी गरेका छन्, जससित छेड़छाड़ गरिएको छ। उनले यस सम्बन्धमा सीबीआई जॉंचको माग गरेका छन्।

अर्कोतिर, मेयर फिरहाद हकीमले यदि उनी विरूद्ध भ्रष्टाचारको कुनै पनि आरोप प्रमाणित भए अथवा साक्ष्य भेटिए सीबीआईको आवश्यकता पर्ने छैन भनी बताए। उनले आफु आरोपित प्रमाणित भए स्वयम् आत्महत्या गर्ने बताए। उनले भने, जति जनालाई पनि नियुक्त गरिएको छ उचित तरिकाले गरिएको छ। सबैले परीक्षा दिएका छन् र पास पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement