मन्त्री अरूण उप्रेतीले गरे खाद्य भण्डार साथै सचेतना कार्यक्रमको उदघाटन

IMG-20220610-WA0169.jpg

गान्तोक। राज्यका शहरी विकास विभाग मन्त्री अरूण उप्रेतीले आज मंगन जिल्लाको लाचेनमा खाध्य भण्डार साथै सचेतना कार्यक्रमको उदघाटन गरे। उक्त कार्यक्रम राष्ट्रीय खाद्य सुरक्षा एक्ट र प्रधानमन्त्री गरीब कल्याण अन्ना योजनाको व्यानरमा आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले यस प्रकारको कार्यक्रममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद दिँदै कोरोनाको महामारी साथै सडक बन्द हुँदा पनि यति धेरै मानिसहरूले सहभागिता जनाएकोमा उनले खुशी प्रकट गरे। उनले जुम्सा र पदाधिकारीहरुको एकताबद्ध कामको प्रशंसा गर्दै जनताले आफूसमक्ष राखेका गुनासोलाई सुन्ने अवसर पाएको बताए। मन्त्री उप्रेतीले स्थानीय जनतालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने कामलाई प्राथमिकतामा दिने आश्वासन दिए।

सोही क्रममा मन्त्री साम्दुप लेप्चाले आफ्नो सम्बोधनमा खाद्य भण्डार निर्माणमा लागेका परिश्रमको प्रशंसा गर्दै यो लाचेनवासीका लागि अमूल्य सम्पत्ति भएको रहेको अवगत गराए। उनले एपीएल र बीपीएल रासनकार्डधारी निर्धारण गर्न पुनः सर्वेक्षण गरिन जानकारी गराए।मन्त्री लेप्चाले सरकारले जनतालाई विभिन्न योजनामार्फत लाभ पुऱ्याएको बताए। वर्तमान सरकारले जनहितमा कटिबद्ध भएर काम गरिरहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement