फेक कल सेन्टरमाथि कारबाही, ४९ जना पक्राउ

0fa21de1-9e36-431b-bb40-1c5a431bd6a6-1

मुम्बईः पालघरको अर्नाला पुलिसले फेक कल सेन्टरको भण्डाफोर गर्दै ठूलो कारबाही गरेर ४९ जनालाई पक्राउ गरेको छ। यसाविध १६ लाखभन्दा धेरैको सामग्री पनि जफत गरिएको छ।पुलिसले बताए अनुसार, विरार पश्चिममा अवैध रूपमा चलिरहेको यस कल सेन्टरबाट अस्ट्रेलियाई र अन्य देशका नागरिकहरूलाई ठग्ने काम भइरहेको थियो। पुलिस टीमले ९ अप्रेलका दिन कल सन्टरमा छापा माऱ्यो। आरोपितहरूलाई पक्राउ गरेर सोधपुछ गर्दा उनीहरूले विदेशी नागरिकहरूलाई आफ्नो निशाना बनाउने गरेको बताए। आरोपितहरू विरूद्ध धारा ४१९,४२०,१२० (ब) ३४ र अन्य धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। यस मामिलामा कूल ४९ जनालाई पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement