मुम्बई: ईदको अवसरमा मनोरञ्जन दिने आशादायी सलमान खानको इमोशन, कमेडी, रोमान्स र ड्रामाले भरिपूर्ण फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर १० अप्रेलमा रिलिज भएको छ। सलमान खान चार वर्षपछि ईदको अवसरमा फिल्म ‘किसी का भाइ किसी की जान’ लिएर आउँदैछन्। सामान्यतया फिल्मको ट्रेलर रिलिज हुनुभन्दा एक महिना अगाडि नै रिलिज हुने भएपनि निर्माताले ११ दिन अगाडि मात्रै ‘किसी का भाइ किसकी जान’ को ट्रेलर सार्वजनिक गरेकाले फिल्मको प्रतिक्षा दोब्बर भएको छ। सबैको नजर अब २१ अप्रेलमा अड्किएको छ, जुन दिन ‘किसी का भाइ किसकी जान’ हलमा आउनेछ।
यसैबीच, ‘किसी का भाइ किसीकी जान’को ट्रेलर सार्वजनिक भएको केही घण्टापछि युनाइटेड किंगडममा फिल्मको अग्रिम बुकिङ खुलेको छ। एक स्रोतका अनुसार, ‘निर्माताहरू र जी स्टुडियोहरूले यो फिल्मलाई लिएर ठूलो उत्साह भएकोले विदेशमा टिकटहरू बेच्न शुरु गर्न मात्र सही हो जस्तो लाग्यो। किनभने सलमान ४ वर्षपछि ईदमा आफ्नो फिल्म हलमा ल्याइरहेका छन्। त्यसैले फिल्मको अग्रिम बुकिङले राम्रो प्रतिक्रिया पाउनेमा उनी विश्वस्त छन्l’
सलमा खानद्वारा निर्मित, सलमान खान फिल्म्स प्रोडक्सन ‘किसी का भाई किसी की जान’ को फरहाद सामजीले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, वेंकटेश दग्गुबाती, पूजा हेगडे, जगपति बाबु, भूमिका चावला, विजेन्द्र सिंह, अभिमन्यु सिंह, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारी र विनाली भटनागरको अभिनय रहेको छ। साथै, सलमान खानको फिल्ममा एक्सन, कमेडी, ड्रामा र रोमान्स जस्ता सबै तत्वहरू छन्। यो फिल्म यो ईदमा रिलिज हुने तय गरिएको छ र जी स्टुडियोमा विश्वव्यापी रूपमा रिलिज हुनेछ।