मुख्यमन्त्री तामाङद्वारा रिनाकमा हिमालयन रिसपन्ना रेशीधारा जलसेवाको उदघाटन

IMG-20220610-WA0167.jpg

एसडीएफ सरकारले २५ वर्षमा नगरेको काम एसकेएम सरकारले तीन गऱ्योः मुख्यमन्त्री तामाङ

रिनाक। आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा हिमालयन रीसपन्ना रेशीधारा जलसेवा योजनाको विधिवत उद्घाटन गरे। अग्रावल परिवारद्वारा शुरु गरिएको यो योजनबाट क्षेत्रका १ सय भन्दा अधिकले पेय जल सेवा प्राप्त गर्नेछन्। यसको साथै मुख्यमन्त्री तामाङले रिनाक बजारमा सिक्किम गरीब आवास योजनाअन्तर्गत नवनिर्मित घरको उद्घाटन गरे। बोली नलागे पनि लामो समयदेखि लाभार्थीले लुगा सिउने काम गरेर जिवीका उपार्जन गर्दै आइरहेको थिए। यसैलाई ध्यानमा राख्दै उनलाई सिक्किम गरीब आवास योजना अन्तर्गत घर प्रदान गरिएको हो।

मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक बजारमा आयोजित एसकेएम क्षेत्रस्तरीय जनसभालाई सम्बोधन गर्दै पूर्व सरकारकालमा झैं एसकेएम सरकारले चुनाउको समयमा मात्र एलोटमेन्ट बाँढ़्ने गरेको छैन। तर घर बिहीनहरूलाई घर बनाउ कार्य गरिरहेको बताए। जनताले सेवा गर्नको निम्ति मुख्यमन्त्रीको कुर्सीमा राखेको छ अनि जनताको मतलाई सम्मान गर्दै जनताको काममा नै आफ्नो समय खर्चीरहेको मुख्यमन्त्री तामाङले बताए। गरीबको हरेक आवश्यकताहरूलाई पुरा गर्नको निम्ति आफूले दिन रात एक गरेर कार्य गरिरहेको मुख्यमन्त्री तामाङले बताए। गरीबको मुहारमा हाँसो ल्याउनु नै आफ्नो परम कर्तव्य सम्झेर कार्य गरिरहेको मुख्यमन्त्री तामाङले अवगत गराए। कोरोना महामारीको समयमा पनि वर्तमान सरकारले विभिन्न क्षेत्रमा विकासीय कार्यहरू गर्दै आइरहेको उनले जानकारी गराए। सिक्किम क्रान्तिकारी मोर्चा सरकारको तीन वर्षको कार्यकालभित्र स्वास्थ्यको क्षेत्रमा धेरै कार्य भएको कारण अहिले यहाँका रोगीहरू अन्य ठाउँमा जान नपरेको अनि राज्य बाहिरबाट पनि उपचार गराउन सिक्किम आइरहेको उनले बताए। यो सिक्किमको निम्ति गर्वको विषय रहेको उनको भनाइ रहेको थियो। एसडीएफ सरकारले 25 वर्षभित्र गर्न नसकेको काम एसकेएम सरकारले तीन वर्षभित्र गरेको उनले बताए। यसको साथै एसकेएम सरकारले विभिन्न क्षेत्रमा विकासीय कार्य गर्दै आइरहेको मुख्यमन्त्री तामाङले उपस्थित जनतालाई अवगत गराए। रिनाक निर्वाचन क्षेत्रमा पनि थुप्रै विकासीय कार्यहरू भइरहेको मुख्यमन्त्रीले किटान गरे। भावी दिनमा पनि रिनाक क्षेत्रमा एसकेएम सरकारले कार्य गर्ने बताए। क्षेत्रको विभिन्न पाठशाला लगायत धार्मिक पूर्वाधारहरूको निर्माण गर्ने उनले बताए। यसको साथै मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक अस्पतालको पूर्वाधारको निर्माण गर्ने पनि घोषणा गरे। आगामी बजेटमा धनराशी छुट्याएर टेण्डर गरेबापत निर्माण कार्य चाँढ़ै शुरु गर्ने पनि मुख्यमन्त्री तामाङले आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement