कोरोनाको २ हजार, २०२ नयाँ मामिला, २७ जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid-1.jpg

नयाँ दिल्ली: गत २४ घण्टमा देशभरि कोरोनाको मोठ २ हजार २ सय २ नयाँ मामिला अघि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार जानकारी पाइएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर अब ४ करोड़ ३१ लाख २३ हजार ८ सय ०१ पुगेको छ। त्यही गत २४ घण्टामा मोठ २७ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५ लाख २४ हजार २ सय ४१ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २ हजार ५ सय ५० यो कोरोनामुक्त भएर सामान्य जीवनमा फर्कि आएका छन्। अहिलेसम्म कुल ४ करोड़ २५ लाख ८२ हजार २ सय ४३ जनाले कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७४℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या १७ हजार ३ सय १७ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसंधान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार, गत २४ घण्टमा, देशभरी २ लाख, ९७ हजार २ सय ४२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८४ करोड़ ४१ लाख ३४ हजार १ सय ५६ जनाको परीक्षण भइसकेको छ। अर्कोतिर, २४ घण्टमा ३ लाख १० हजार २ सय १८ जनाले कोरोना खोप लगाउनको साथ, कुल १९१ करोड़ ३७ लाख ३४ हजार ३ सय १४ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement