कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर ३७,०९३

IMG-20230322-WA0137.jpg

कोरोनाको ५,६७६ नयाँ मामिला, २१ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५,६७६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,६८,१७२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्ली, पञ्जाब र राजस्थानमा ३-३ जना, कर्नाटकमा २, गुजरात, हरियाणा, महाराष्ट्र र तमिलनाडुमा १-१ जना अनि केरला ६ जना गरी कुल २१ जनाकाे मृत्यु भएकाे छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३१,००० पुगेको छ। यसरी नै यस अवधिमा ३,७६१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,००,०७९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७३% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३७,०९३ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ६.९१ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ३.८१ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,९६,७९६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,३०,५३,२८२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ३५८ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२३,८८५ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement