कोरोनाकाे १०६ नयाँ मामिला, ४८ जना भए निकाे, १ जनाकाे मृत्यु
कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा १०६ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ४८ रहेकाे छ। कोरोनाले आज १ जनाकाे मृत्यु पनी भएकाे छ।
मन्त्रालयअनुसार हिजो २,४३६ जनाको कोरोना परीक्षण गरेकोमा १०६ जनामा संक्रमण पुष्टि छ।(४७६ जनाको आरटी-पीसीआर परीक्षणमा ७४ जना अनि १,९६० जनाको एन्टीजेन परीक्षणमा ३२ जना गरी कुल १०६ जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला ४६९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५४,६३० पुगेको छ भने १२,०२१ जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,४६१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।