गान्तोक: भारतीय जनता पार्टीका राज्य सचिव तथा भाजपा युवा मोर्चा प्रभारी लातेन शेर्पाले पार्टीबाट राजीनामा दिएका छन्। उनी वर्ष २०१९-को चुनाउमा भाजपा पार्टीका लोकसभा उम्मेद्वारसमेत रहिसकेका शेर्पाले सबै पद साथै प्राथमिक सदस्यताबाट पनि राजीनामा दिएका छन्। उनसितै उपाध्यक्ष एसबी कार्की लगायत अन्य ९ जनाले पनि विभिन्न पद साथै प्राथमिक सदस्यताबाट राजीनामा दिएका छन्।