१० अप्रेलः अन्तिम ओभरको अन्तिम बलसम्म चलेको आईपीएल २०२३-को रोमाञ्चक म्याचमा लखनऊ सुपर जाइण्ट्सले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) लाई १ विकेटले पराजित गऱ्यो। बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनायो। कप्तान फाफ डू प्लेसिसले ४६ बलमा अविजित ७९ (५ वटा छक्का, ५ वटा चौका) बनाए। यसबाहेक विराट कोहलीले ४४ बलमा ४ वटा छक्का र ४ वटा चौकाको साथ ६१ अनि ग्लेन म्याक्सवेलले २९ बलमा ६ वटा छक्का र ३ वटा चौकाको साथ ५९ रन बनाए। जवाफमा लखनऊ सुपर जाइण्ट्सले खराब शुरुवातपछि मार्कस स्टोइनिस र निकोलस पूरनको विध्वंशी ब्याटिंगको सहायताले ९ विकेट गुमाएर २१३ रनको लक्ष्यलाई हासिल गऱ्यो।

स्टोइनिसले ५ वटा छक्का र ६ वटा चौकाको साथ ३० बलमा ६५ रन बनाए। यसरी नै पूरनले १९ बलमा ७ वटा छक्का र ४ वटा चौकाको साथ ६२ रन बनाए। यी दुई बाहेक आयुष बादोनीले ३० रनको योगदान दिए। आरसीबीका बलरहरूमा मोहम्मद सिराज र वेयन पार्नेलले ३-३ विकेट लिए।