गान्तोक: राज्यमा कोरोनाको नयाँ मामिला फेरी बढ्न लागेको छ। राज्यमा आज कोरोनाको २ नयाँ मामिला फेला परेको छ भने आज यो रोगले कसैको मृत्यु नभएको राज्यको स्वास्थ्य विभागले बताएको छ।
हिजो कूल १२८ जनाले रेपिड एन्टीजेन टेस्ट र आरटीपीसीआर जाँच गरेको मा, पूर्व जिल्लाबाट २ जनामा संक्रमण पुष्टि भएको छ। राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा उपचारधीन संक्रमित रोगीहरूको संख्या बढेर ११ पुगेको छ। यसरी नै आज कोरोना सकारात्मकता दर १.६ प्रतिशत रह्यो।
हालसम्म राज्यमा ३७,९६६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१७७ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।