गान्तोक: राजधानीस्थित ठाकुरबाडी मन्दिरमा हेवन्ली निर्भाना पथ, गान्तोकको पहलमा आजदेखि सात दिवसीय आमासा हेलिङ क्याम्प शुरू भयो। यस कार्यक्रमको उदघाटन अवसरमा एसकेएम पार्टी, गान्तोकका युवा संयोजक तेञ्जिङ दोर्जी लेप्चा रहेका थिए भने विशिष्ट अतिथिमा सिक्किम खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, सांस्कृति विभागकी सल्लाहकार भीम कुमारी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आजदेखि शुरू भएको सात दिवसीय आमासा हेलिङ क्याम्पको समापन आगामी १६ अप्रेलको दिन समापन हुने आयोजक समितिले जानकारी गराएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै मुख्य अतिथि तेञ्जिङ दोर्जी भोटियाले हेवेन्ली निर्भाना पाथले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा उनले प्रशंसा गर्दै यस प्रकारको शिविरबाट हालसम्म धेरै जनाले विभिन्न रोगबाटमुक्ति पाइसकेकोमा खुशी प्रकट गरे।
सोही प्रकारले सिक्किम खादी वोर्डकी अध्यक्ष छङछुङ भोटियाले हेवन्ली निर्भाना पाथले यस भन्दा अघि पनि राज्यको विभिन्न स्थानमा यस प्रकारको कार्यक्रम आयोजना गरिसकेको र उक्त शिविरबाट धेरेलै स्वास्थ्य लाभ उठाइसकेको बताइन्। आजदेखि शुरू भएको यस शिविरबाट स्थानीयहरूले लाभ उठाउनु पर्ने आग्रह गरे। आजको यस कार्यक्रममा सांस्कृतिक विभागकी सल्लाहकार भीम कुमारी शर्माले पनि सम्बोधन गरेकी थिइन्।