सिलगढी। सडक दुर्घटनाहरू रोक्नको लागि ट्राफिक नजरदारी बढाउने माग गर्दै आज सुश्रतनगर इलाकावासीहरू सडकमा ओर्लिएका छन्। नौकाघाट मोडदेखि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालतर्फ जाने हाईवे २-मा प्रायः जसो सडक दुर्घटनाहरू हुने गर्दछ। यसको साथै तिनीहरूले मेडिकल आउटपोस्टका ट्राफिक आईसीसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। ट्राफिक व्यवस्थामा सुधार ल्याउने आईसीले आश्वासन दिएका छन्।