कोलकाता: पञ्चायत चुनावअघि केन्द्रीय गृहमन्त्री अमित शाह फेरि पश्चिम बङ्गालमा आउँदैछन्। सोमबार यसको पुष्टि गर्दै पार्टी स्रोतले शनिबारबाट बङ्गला नयाँ वर्ष शुरु हुँदैछ। त्यसअघि अमित शाह १४ अप्रेल अर्थात शुक्रबार नै पश्चिम बङ्गाल आउनेछन्। वीरभूम जिल्लामा पनि जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि बङ्गला नयाँ वर्षको दोस्रो दिन दक्षिणेश्वर मन्दिरमा पूजाअर्चना गर्नेछन्।
बङ्गाल भाजपा गृहमन्त्रीको यो दुईदिने भ्रमणको तयारीमा जुटेको छ। यो वर्ष अमित शाहको पहिलो बङ्गाल भ्रमण हो। वर्षको सुरुमा नै उनको भ्रमण गर्ने योजना थियो तर रद्द गर्नुपर्यो। १४ अप्रिलमा उनले वीरभूमको सिउरीमा जनसभालाई सम्बोधन गर्ने भाजपा स्रोतले जनाएको छ। उनी सोही दिन राति कोलकाता फर्किनेछन्। यहाँ उनले पार्टीको केन्द्रीय समितिसँग महत्वपूर्ण साङ्गठनिक बैठक गर्नेछन्। यसमा पार्टीका सबै जिल्लाका प्रमुख नेताहरुलाई उपस्थित हुन आग्रह गरिएको छ। त्यसपछि १५ अप्रेलमा उनी बिहान दक्षिणेश्वर मन्दिर पुगेर पूजा गर्नेछन्। सन् २०२४ को लोकसभा चुनाव अघि, बङ्गालमा पञ्चायत चुनावको लागि अमित शाहको भ्रमण धेरै महत्त्वपूर्ण मानिन्छ।