दार्जीलिङ। हिमालयन प्लान्टेसन वर्कर्स युनियनले आज गोरामुमो केन्द्रीय कार्यलयमा आफ्नो प्रेस बिज्ञप्ति जारी गर्दै बर्तमान समय चिया श्रमिकहरूको विभिन्न समस्याहरू लगायत बर्तमान समय पहाडको राजनैतिक गतिविधिहरूलाई लिएर संगठनका केन्द्रीय समिति महासचिव एसके लामाले जानकारी दिँदै भने, दार्जीलिङ अर्गानिक चिया उद्योग अधिनस्थ दस वटा चियाबारीका कर्मचारीहरूको चार पन्ध्रको रोजदर नदिएको कारण एचपीडब्ल्युयुले बिरोध जनाउदै सम्बन्धित निकायहरुमा जानकारी गराएका थिए । दस वटा चिया बगानले आज दिनाङ्क ९ जुन २०२२ को दिने वचन दिएका थिए आज नदिएको कारण एच पीडब्ल्युयुले चिया बगान सम्बन्धित सम्पुर्ण निकायहरूलाई पत्राचार गर्ने साथै श्रमिकहरूको हकको निम्ति लड्ने वचन दिएका छन्। एसके लामाले थप आफ्नो बिज्ञप्तिमा जनाएअनुसार केन्द्र सरकारले तीन महिना अगावैनै चिया श्रमिकहरूको निम्ति न्युनतम रोजदर लागू गराउनको निम्ति राज्य सरकारलाई अध्यादेश जारी गरेको तर अहिलेसम्म राज्य सरकारले लागु नगरेको कारण यो बंगाल सरकारको दमन नीति हो र बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए जस्तो असंवैधानिक ब्यवस्थाको चुनाव गराएर हामीलाई दबाउने कार्य गरिरहेका छन् । बंगाल सरकारले न त पर्जा -पट्टा दिन सक्यो न त न्युनतम रोजदर । ममता ब्यानर्जीले कहिले पनि श्रमिकहरूको हक र हितको निम्ति कार्य गरेन , पर्जा-पट्टा दिए भने मैले कसरी ब्यापार गर्ने भनेर वक्तब्य दिनेले कसरी श्रमिकहरूलाई न्याय दिन्छ भनी एसके लामाले प्रश्न गरे । आज यो सब भएको कारण जीटीए जस्तो ब्यवस्थाले गर्दा हो यसकारण अब सम्पुर्ण चिया श्रमिकहरूले जीटीए चुनाव बहिष्कार गर्नुपर्छ। श्रमिकहरूको निम्ति भनेर उठाएको जीटीए रिलिफ फण्ड अब श्रमिकहरूलाई दिनुपर्छ भनी अनित थापालाई अपिल गर्दै एस के लामाले भने, यदि यो रिलिफ फण्ड दिएको खण्डमा श्रमिकहरूलाई धेरै राहत पुग्ने थियो भनी एसके लामाले आफ्नो बिज्ञप्तिमा जाहेर गरेका छन्।