गान्तोक: आजदेखि सात दिवसीय आमासा हिलिङ क्याम्प राजधानीस्थित ठाकुरबाडी मन्दिरमा हेवन्ली निर्भाना पाथ, गान्तोकको पहलमा शुरू भयो। कार्यक्रमको उद्घाटनको अवसरमा एसकेएम पार्टी, गान्तोकका युवा संयोजक तेञ्जिङ दोर्जी मुख्य अतिथि तथा विशिष्ट अतिथिहरूमा सिक्किम खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, सांस्कृति विभागकी सल्लाहकार भीम कुमारी शर्मा उपस्थित थिए।आजदेखि शुरू भएको सात दिवसीय आमासा हिलिङ क्याम्पको समापन आगामी १६ अप्रेलको दिन हुने आयोजक समितिले जानकारी गराएको छ। पत्रकारहरूसँग कुराकानी गर्दै मुख्य अतिथि तेञ्जिङ दोर्जीले हेवेन्ली निर्भाना पाथले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरे। उनले यस प्रकारको शिविरबाट हालसम्म धेरै जनाले विभिन्न रोगबाट मुक्ति पाइसकेको अवगत गराउँदै खुशी प्रकट गरे।
सोही प्रकारले सिक्किम खादी बोर्डकी अध्यक्ष छङछुङ भोटियाले हेवन्ली निर्भाना पाथले यस भन्दाअघि पनि राज्यका विभिन्न स्थानहरूमा यस प्रकारको कार्यक्रम आयोजना गरिसकेको र उक्त शिविरबाट धेरेले स्वास्थ्य लाभ उठाइसकेको बताइन्। आजदेखि शुरू भएको यस शिविरबाट स्थानीयहरूले लाभ उठाउनु पर्ने उनले आग्रह गरिन्।