नयाँ दिल्ली: यूक्रेनकी उपविदेश मन्त्री एमीन झापरोवाले विदेश मन्त्रालयका सचिव-पश्चिम पदमा तैनाथ संजय वर्मासित भेट गरिन्। झापरोवा आफ्नो चार दिवसीय यात्रा अन्तर्गत सोमवार नयाँ दिल्ली आइपुगेकी छन्।
दिल्लीमा विदेश मन्त्रालय पुगेकी यूक्रेनकी उपविदेश मन्त्री एमीन झापवाले यहाँ पत्रकारहरूसित कुराकानी गर्दै भनिन्, भारतले आफ्ना ऊर्जा तथा सैन्य आवश्यक्ताहरूलाई पूरा गर्दा विविधता र व्यववहारितामाथि ध्यान दिनुपर्छ। किनभने रूसले हाम्रो निर्भरताको गलत लाभ उठाएको थियो। उनले यो पनि भनिन्, हामी भारतलाई अन्य देशहरूसितको आर्थिक सम्बन्धको बारेमा निर्देश दिने स्थितिमा छैनौं। हामी केवल यो सोच्छौं कि सबै संसाधनहरूमा विविधता ल्याउनु महत्वपूर्ण छ, त्यसभित्र ऊर्जा मात्र नभएर सैन्य संसाधन पनि पर्छ।
उनले भनिन्, भारतलाई विश्वमा नेतृत्वकर्ताको रूपमा देखिँदैछ, यसैले आशा छ भारतले वैश्विक मुद्दाहरूमा हस्तक्षेप गर्नेछ। भारत एउटा विश्वगुरू हो। हाम्रो युद्ध नाटो र अमेरिकासित कुनै पनि प्रकारले जोड़िएको छैन। यो युद्ध न्यायको युद्ध हो। समरकन्दमा प्रधानमन्त्रीले भनेका थिए कि यो युद्धको युग होइन। उल्लेख्य, प्रधानमन्त्री नरेन्द्र मोदीले यूक्रेन संकटमाथि स्पष्ट रूपमा भनिसकेका छन्, युद्ध कुनै समाधान हुनसक्दैन सबै मुद्दाहरूलाई कुटनीतिक र वार्ताको माध्यमबाट सुल्झाउनुपर्छ भारत कुनै पनि प्रकारका शान्ति प्रयासहरूमा योगदान दिनको लागि तयार छ।