कलकत्ता विश्वविद्यालयको औपचारिचक निरीक्षण राज्यपालले गरे

1680623442_ananda-bose-1.jpg

कोलकाता: सोमवार अचानक पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसबकलकत्ता विश्वविद्यालयमा पुगे। साताको पहिलो दिन राज्यपाल यहाँ आउने जानकारी पुलिसलाई पनि थिएन। कलेज स्ट्रीट स्थित विश्विद्यालयको प्रांगणमा राज्यपालले आफ्नो लश्करको साथ प्रवेश गरे उनी पुगेको जानकारी पाएको तुरन्तै कुलपति र रजिस्ट्रार पनि उनको स्वागतको निम्ति पुगे। विश्वविद्यालयका अधिकारीहरूको साथ उनको बैठक पनि भएको छ। यद्यपि, यसमा के चर्चा भएको छ, यसबारे खुलासा गरिएको छैन ।विश्वविद्यालयका कार्यवाहक कुलपति आशीष चटर्जी अनुसार, विश्वविद्यालयको निरीक्षण गर्न गवर्नर आएका थिए। उनले बाकी काम गरेपछि विश्वविद्यालयमा फेरि आउने इच्छा व्यक्त गरेका छन्। हामीले उनको स्वागत गरेका छौं।उल्लेख्य हालमा राज्यपालले राज्यका सबै विश्वविद्यालयहरूका कुलपतिहरूलाई साप्ताहिक रिपोर्ट सीधा रूपमा राजभवनलाई पठाउने निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement