बाघडुग्रा: आदिवासी महिलाहरूलाई बीच सडकमा लगभग एक किलोमीटर दण्ड स्वरूप परिक्रमा गराएपछि भाजपाबाट तृणमूल पार्टीमा सामेल गराएको मामिलालाई लिएर हाल विवाद शुरू भएको छ। यो घटना दक्षिण दिनाजपुरको तपनको हो। यस घटनापछि भाजपाद्वारा राज्यभरिमै प्रतिवाद एवम् प्रदर्शन कार्यक्रमको आयोजा गरिरहेको छ। यसै क्रममा आज भाजपाद्वारा बाघडुग्रा थानामा पनि विरोध प्रदर्शन गरियो। लोअर बाघडुग्रा र गोसाईपुर भाजपा मण्डल कमिटीका सदस्यहरू आज बाघडुग्रा थाना पुगेर लामो समयसम्म विरोध प्रदर्शन गरे। भाजपाको आरोप अनुसार गत केही महिनादेखि आदिवासी समुदायसित अन्याय भइरहेको छ। तपनमा आदिवासी महिलाहरूलाई दण्ड स्वरूप सडकमा परिक्रमा गराएपछि तृणमूल पार्टीमा सामेल गराइयो।