कोलकता। आज पश्चिम बङ्गाल उच्च माध्यमिक परीक्षाको परिणाम जारी गरिएको छ। आगामी साल हुने उच्च माध्यमिक परीक्षाको समय सूची पनि घोषित गरिएको छ। उच्च माध्यमिक शिक्षा संसदका अध्यक्ष चिरञ्जीव भट्टाचार्यले भने, आगामी साल १४ मार्चदेखि उच्च माध्यमिकको परीक्षाहरू शुरू हुनेछ। पूरा पाठ्यक्रम अनुसार नै परीक्षा हुनेछ। २०२३ मा होम सेन्टरमा परीक्षा हुनेछैन।
जसरी कोरोनाअघि छात्रहरूलाई परीक्षा दिनका लागि आफ्नो स्कूल छोड़ेर अन्य स्कूलहरू जानुपर्थ्यो त्यसरी नै आगामी साल अन्य स्कूलहरूमा गएर परीक्षा दिनपर्नेछ। उल्लेख्य, उच्च माध्यमिक शिक्षा परिषदको एक सूत्रले अगावै जानकारी गराएको थियो, कोरोनाको कारण होम सेन्टरमा परीक्षा दिनमा भारी खर्चा भएको छ र अस्थाई रूपमा इन्फ्रास्ट्रक्चर विकसित गर्नुपरेको छ। यसैले आगामी सालदेखि होम सेन्टरदेखि अलग स्कूलहरूमा गएर पहिले सरह परीक्षा लिइनेछ।