कोलकता। आज घोषित उच्च माध्यमिक परीक्षा परिणाममा सफलता प्राप्त गर्ने छात्र-छात्राहरूलाई मुख्यमन्त्रीले सफल भविष्यको शुभकामना दिएकी छन्। तिनले ट्वीटरमा लेखिन्, उच्च माध्यमिकमा सफलता हासिल गर्ने र टप टेनमा आएका सबै छात्र-छात्राहरूलाई मेरो शुभकामना र अभिनन्दन छ। जिल्लामा पढ्ने छात्र-छात्राहरूले शानदार प्रदर्शन गरेका छन्। शहरहरूका विद्यार्थीहरूले पनि मलाई गौरवान्वित गरेका छन्।
विफल भएका छात्रहरूको मनोबल बढ़ाउँदै ममताले लेखिन्, जसको परिणाम आशानुरूप रहेको छैन, उनीहरूले आउने समयमा राम्रो परिणाम गर्ने प्रयास गरून्, यही मेरो शुभकामना छ। सबै अभिभावकहरू र शिक्षक शिक्षिकाहरूलाई पनि मेरो अभिनन्दन। उल्लेख्य, उच्च माध्यमिक परीक्षाको ४४ दिनपछि शुक्रवार परिणाम घोषित गरिएको छ। ८८.४४ प्रतिशत छात्र-छात्राहरूले सफलता हासिल गरेका छन्। पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरूलिया, कालेबुङ र बांकुड़ामा ९० प्रतिशत परीक्षार्थी पास भएका छन्। यस पाली उच्च माध्यमिकमा आदिशा देवशर्माले टप गरेकी छन्। उसले ५०० मा ४९८ अंक हासिल गरेकी छन्।