जीटीए सभामा अनुप्रवेशकारी शब्दको विरोध प्रस्ताव ल्याउन नमानेको भन्दै विपक्षी सभासदहरूले सभाबाट वाक आउट गरेको दाबी

IMG-20230410-WA0238.jpg

दार्जीलिङ: केही महिना अघि बंगाल विधान सभामा नेपालीहरूलाई अनुप्रवेशकारी भनेको र त्यसको विरोधमा जीटीए सभामा विरोध प्रस्ताव ल्याउन नमानेको भन्दै जीटीएको विपक्षी सभासदहरूले सभाबाट वाक आउट गरेको दाबी गरिएको छ। दार्जिलिङको गोर्खा रंग मञ्च भवनमा अवस्थित रहेको जीटीए सभाको सभा गृहमा आज जीटीए सभाको सभा सम्पन्न भएको थियो। सभामा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले गत केही महिना अघि बंगाल विधान सभामा राज्यको एक जिम्मेवारी मन्त्रीले नेपाली भाषीहरूलाई अनुप्रवेशकारी बताएको जनाउँदै यस विषयमाथि जीटीए सभाले विरोध प्रस्ताव पारित गर्ने मांग गरेका थिए। सभासद एडवर्डले यस विषयमा हामी भारतीय गोर्खा एंव नेपाली भाषीहरू विरूद्व कसैले अपमानजनक शब्द एंव भाषाहरूको प्रयोग गर्छ भने त्यसको प्रतिवाद जनाउने एंव विरोध गर्ने स्थान भनेको नै जीटीए सभा हो भनी बताउँदै राज्यको एक जिम्मेवारी मंत्रीले भारतीय गोर्खा एंव नेपाली भाषीहरूमाथि ठूलो अपमान एंव कंलक लगाउने काम गरेको छ अनि मंत्रीले नेपाली भाषीहरूलाई अनुप्रवेशकारी भन्ने जो शब्द एंव भाषा प्रयोग भएको छ र त्यसको शायद रिकर्ड पनि भएको हुन सक्छ। त्यसर्थ, हामीले यसको विरोध जनाउने पर्छ भन्दै विरोध प्रस्ताव पारित गर्ने मांग गर्दा जीटीए चेयरम्यान अन्जुल चौहानले मंत्रीको बयान एक राजनैतिक बयान रहेको बताए अनि हाम्रो मांगलाई खारिज गरेको सभासद एडवर्डले आरोप लगाएका छन्। उनले अघि भने, ‘हामी भारतीय गोर्खा एंव नेपाली भाषीहरू अनुप्रवेशकारी कदापी होइनौं। हामी जमीनसँग आएका हौं। जीटीए सभामा हामीले विरोध प्रस्ताव पारित गर्ने मांग राख्दै चेयरम्यानको निर्णय सुन्न धेरै बेरसम्म कुरेर बस्यौं तर चेयरम्यानले मंत्रीको बयानलाई राजनैतिक बयान रहेको बताए अनि उनले विपक्षीको मांगहरूमाथि वास्ता नगरी उपस्थित सभासदहरूको ध्यान अन्य विषयहरूतिर आकर्षण गर्ने प्रयास गरेपछि हामीले सभा वाक आउट गरेका हौं। तर भाइस चेयरम्यान राजेस चौहानले मंत्रीको बयानमाथि चर्चा गर्न नपाई विपक्षीहरू उठेर गएको भन्ने जस्ता झूठो प्रचार प्रसार गरी रहेको छ।’

About Author

Advertisement