दार्जीलिङ: छोटा पुबोङ चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको शाखा गठन भएको छ। सुकिया मानेभन्ज्याङ समष्टिअन्तर्गत छोटा पूबोङ चिया बगानमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न भयो। विनय राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा स्थानीय मानिसहरूको अपार उपस्थिति रहेको थियो। सभामा चिया श्रमिकहरूको हक र अधिकारीको निम्ति हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन गर्ने निर्णय लिए,जसमा सर्वसम्मति अनुरूप सन बाहादूर राईलाई अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष हेमन्त राई,सचिव गौतम राई, सहसचिव अरूण राई, कोषाध्यक्ष धीरेन राई र दिनेश राईलाई चयन गरिएको छ।









