सोनादामा तीन दिवसीय अण्डर १६ फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न

IMG-20230410-WA0232.jpg

सोनादा: बाल कल्याण समूह अप्पर पचेङ सोनादाद्वारा आयोजित तीन दिवसीय अण्डर १६ फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न भएको छ। उक्त तीन दिवसीय अण्डर १६ फुटबल टुर्नामेन्टको फाइनल खेल शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालय र एसबीएफसी कोठीधुरामाझ सम्पन्न भएको थियो। उक्त फाइनल खेलमा कोठीधुरालाई पराजित गरी शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालय बिजय बनेका थिए। यस फाइनल खेलमा म्यान अफ् द म्याच आर्यन तामाङ, बेस्ट गोल किपर आयुस तामाङ, सर्वोच्च गोलादाता सक्षम मंगर बनेका थिए। यस फाइनल खेलमा मुख्य अतिथिको रूपमा स्थानीय समाजसेवी जितमान सुब्बा, विशिष्ट अतिथिक रूपमा सोनादा पुलिस आउट पोष्टको एएसआई आनन्द कार्की उपस्थित रहेका थिए भने अन्य अतिथिहरूमा लोवर सोनादा भूतपूर्व सैनिक संगठनको सभापति लगायत अन्यहरू उपस्थित रहेका थिए। फाइनल खेलमा बाल कल्याण समूह अप्पर पचेङ सोनादाको सभापति अरण्य राई र सचिव सुवास राई लगायत अन्यहरू उपस्थित रहेका थिए। उल्लेखनीय छ सन् २०१८ मा स्थापना भएपछि बाल कल्याण समूह अप्पर पचेङ सोनादाद्वारा विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेका छन्। समूहले गरीब परिवारका बाल बालिकाहरूलाई खाता किताब किन्ने तथा विभिन्न स्कूलहरूतिर विद्यार्थीमुखी कार्यक्रमहरू पनि आयोजना गर्दै आईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement