तीनधारे चियाबारीमा गुम्बा निर्माणको लागि भूमि पूजा सम्पन्न

IMG-20220610-WA0156.jpg

खरसाङ: तीनधारे चियाबारीको देवी धारा नजिक गुम्बा निर्माणको लागि भूमि पूजा गरिएको छ। उक्त गुम्बा निर्माणको लागि वरिष्ठ लामा म्हेम्हे स्याङदेन लामाको बाहुलीबाट भूमि पूजा गरिएको छ। यस क्षेत्रमा गुम्बा निर्माणको लागि भूमि पूजा गरिएपछि गुम्बाको नामकरण पनि आज नै गरिएको छ। तीनधारे चियाबारीको देवी धारा नजिकतिर निर्माण हुन गइरहेको गुम्बाको नाम निमा स्याङदेर टाँसिलिङ गुम्बा भनी नामकरण गरिएको छ। उक्त गुम्बाको नामकरण स्याङदेन लामाद्वारा राखिएको छ। तीनधारे चियाबारीमा गुम्बा निर्माणको लागि भूमि पुजा गरिएपछि आयोजक समितिको पक्षबाट प्रनेस बराईलीले यस गुम्बा विषयमा विस्तृत रुपमा जानकारी गराउँदै तीनधारे चियाबारीको देवीधारा नजिक देवीको मन्दिर रहेको र यसपाली बुध्द जयन्तीको अवसरमा यहाँ बुध्दको मूर्ति राखेर बुध्द जयन्ती पालन गरिएको बताउँदै आज गुम्बा निर्माणको लागि यहाँ भूमि पूजा गरिएको जानकारी दिएका छन्। तिनले आज स्याङदेन म्हेम्हेको अगुवाईमा गुम्बा निर्माणको लागि भूमि पूजा गरेर गुम्बाको नाम पनि राखिएको बताएका छन्। प्रनेस बराईलीले उक्त गुम्बा निर्माणको लागि सबैलाई सहयोग गरिदिने निवेदन पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement