उत्तर २४ परगनाः भारत-बांग्लादेश अन्तरराष्ट्रिय सीमासित लागेको उत्तर २४ परगना जिल्लामा बीएसएफका जवानहरले याबा ट्याबलेटको तस्करी गर्दै गरेको एक तस्करलाई रेड ह्याण्डेड समाएका छन्। पक्रा परेको तस्करको पहिचान उत्तर २४ परगना निवासी अबूजर मोल्लाको रूपमा गरिएको छ। तस्करले यी याबा ट्याबलेटलाई भारतदेखि बांग्लादेश तस्करी गर्ने प्रयास गरिरहेको थियो।
सोमवार बीएसएफको तर्फबाट दिइएको जानकारी अनुसार, उत्तर २४ परगनाको सीमा चौकी अमुदिया जवानहरूले प्राप्त सूचनाको आधारमा तलाशी अभियान चलायो। अभियानमा जवानहरूले एक संदिग्ध मोटरसाइकललाई अमूदिया बजारबाट चितूरी गाउँतिर गएको देखे। जवानहरूले मोटरसाइकललाई रोकेपछि त्यसको तलाशी लिए, जसमा मोटरसाइकलको ड्याशबोर्डको केविटीमा लुकाएर राखिएको ३६५ याबा ट्याबलेट र एक हजार बांग्लादेशी मुद्रा उद्धार भयो। जफत गरिएको याबा ट्याबलेटको दर एक लाख ८२ हजार पाँच सय रूपियाँ बताइएको छ। यसपछि तस्करलाई बाइक र जफत समानहरूको साथ पक्राउ गरियो।