बाघडुग्रा। तीनवटा वाहनको ब्याट्री तथा वाहनको टायर चोरी भएको घटना प्रकाशमा आएको छ। उक्त घटना बाघडुग्राको गोसाईपुरमा भएको छ। स्थानीय मानिसहरूको आरोपअनुसार रात पर्न साथ इलाकामा असामाजिक कार्यकलापहरू हुने गर्दछ। गत राति ३ भिन्ना-भिन्नै ठाउँबाट वाहनको ब्याट्री तथा टायर चोरी भएको छ। उक्त घटनामा संलग्न आरोपीहरूविरुद्ध कठोर कार्वाही गरिनुपर्ने वाहन मालिक तथा स्थानीय मानिसहरूले माग गरेका छन्। वाहन मालिकले यस सम्बन्धमा आज बाघडुग्रा थानामा अभियोग दर्ता गरेका छन्। घटनाको जाँच शुरु गरेको बाघडुग्रा थाना पुलिसले जनाएको छ।