सिलगढी: गत राति तीनजना युवतीसित सिलगढीको शक्तिगढमा दुर्व्यवहार गरेको घटनालाई लिएर इलाकामा सनसनी मच्चियो। यो घटना गत राति शक्तिगढ पाठागार क्लब संलग्न ५ नम्बर रोडमा घटेको हो। पाठागार क्लब मैदानमा आयोजित गरिएको मेला घुमेर राति ९ बजी तीनजना युवती घर फर्किरहेकी थिइन्। त्यस समय राहुल ब्यानर्जी नाम गरेको स्थानीय एकजना युवकले तिनीहरूको पछि गर्नको साथै तिनीहरूसित दुर्व्यवहार गरेको आरोप रहेको छ। स्थानीय मानिसहरूले देखेपछि रोक्ने प्रयास गर्दा सो युवकले तिनीहरूमाथि हमला गर्दा एकजना घाइते भएको बताइएको छ। घाइते व्यक्तिलाई उद्धार गरेर अस्पतालमा लगिएको छ। यस घटनालाई केन्द्र गरेर गत राति इलाकामा उत्तेजनाको माहौल देखापर्यो। घटनापछि स्थानीय मानिसहरूले सो युवकविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। अर्कोतिर,यस घटनापछि इलाकावासी आतङ्कित बनेका छन्।