कोलकाता: पश्चिम बंगालमा शिक्षक नियुक्ति समेत अन्य मामिलाहरूको जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को कोर्टद्वारा लगातार भईरहेको आलोचनाबीच केन्द्रिय एजेन्सीले महत्वपूर्ण कदम उठाएको छ। देशका अन्य राज्यहरूबाट सात अधिकारीहरूलाई पश्चिम बंगालको कोलकाताको सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको मुख्यालयमा पठाइएको छ। एजेन्सीको सूत्रहरू अनुसार, यी अधिकारीहरूको तैनाती निजाम पेलेस स्थित क्षेत्रीय कार्यालयमा हुनेछ, जहाँ नियुक्ति भ्रष्टाचार समेत अन्य मामिलाहरूको जाँच र सोधपुछ हुन्छ यी सात अधिकारीहरूमा एक एसपी, तीन डीएसपी, दुई इन्स्पेक्टर र एक सब इन्स्पेक्टर न्याङ्कका अधिकारी सामेल छन्। यिनीहरूलाई नयाँ दिल्ली, विशाखापट्टनम, रांची, धनबाद, भुवनेश्वर र भोपालस्थित सीबीआईको अफिसबाट कोलकाता पठाइएको छ।
आगामी ३० मईसम्म यी अधिकारीहरूले कोलकातामा
अधिकारीहरूको मद्दत गर्नेछन्। उल्लेख्य, हालका दिनहरूमा शिक्षक नियुक्ति भ्रष्टाचारलाई लिएर जतिपनि आरोपितलाई केन्द्रिय एजेन्सीले कोर्टमा पेश गयो, उनीहरूको जमानतमा भईरहेको सुनवाईमा न्यायाधीशले सीबीआईको कार्यशैलीलाई लिएर आलोचना गरेको छ।