बाइसन शिकारको मामिलामा दुईजना अभियुक्तलाई न्यायीक हिरासत

e5a678d2-a6fd-4d15-afe2-7eb08ff1481a

कालचिनीः आइतबार बन विभागले जंगली बाइसन शिकार गरेर त्यसको मासु बिक्री गरेको आरोपमा सेन्ट्रल डुवर्स चियाबारीको पाना डिभिजनबाट दुईजना अभियुक्त क्रमैले सन्तबहादुर राई र सुखमन राईलाई पक्राउ गरेको थियो भने सोमबार दुवै अभियुक्तलाई बन विभागले अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि अदालतले दुवैलाई १४ दिनको न्यायीक हिरासतमा पठाएको छ। बाइसनको हाड़खोरलाई पोस्टमार्टमको निम्ति पठाएको बक्सा ब्याघ्र प्रकल्प सुत्रले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement