टीसीबीएसयू नेताको निधन

e1d83835-04be-476e-9cd7-c1aa6fd710d5

कालचिनीः बाममोर्चाको शाशनकालदेखि ट्रेड युनियन नेताको रुपमा काम गर्दै आईरहेको वर्तमान तृणमूल चियाबारी श्रमिक यूनियनको केन्द्रिय नेता तथा मेचपाड़ा चियाबारीको समाजसेवी कमल प्रधान उमेर ६० को निधन भएको छ। गत दुई सप्ताह अघि तिनलाई ब्रेन स्ट्रोक भएर नर्सिङ होममा राखिएको थियो भने उपचार चलिरहेको क्रममा सोमबार तिनको निधन भएकोले ट्रेड यूनियन नेताहरूले गहिरो शोक व्यक्त गरेका छन्।
बाममोर्चाको शाशनकालमा पहिला कङ्ग्रेसको यूनियनमा काम गरेको र पछि आरएसपीमा संलग्न भएर ट्रेड यूनियन चलाउँदै आइरहेको र तृणमूल सरकारको सत्ता आएपछि तिनी तृणमूलको ट्रेड यूनियनमा रहेर काम गर्दै आईरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement