कालचिनीः गत २२ दिनदेखि बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधीनस्थ रहेको कालचिनी चियाबारीका श्रमिकहरूले चलाइरहेको असहयोग आन्दोलन पश्चात अब सो कमानमा नयाँ मालिक आउने निधो भएको छ। सोमबार साँझ कालचिनी चियाबारीको एक हुल श्रमिकहरूले यस खुसीमा कमानको फ्याक्ट्री परिसरमा पटेका पड़काएर राहत मनाएका छन्।
कमानको श्रमिकहरूले जनाएअनुसार कमानको पुरानो मालिकले श्रमिकहरूको पीएफ र ग्रेच्युटी रकम नबुझाएको र चुक्ति मुताबिक प्राप्य अधिकारहरू प्रदान नगरेकोले गत २२ दिनदेखि लगातार कमानको फ्याक्ट्री गेट अघि धरना प्रदर्शन गर्दै आइरहेको थियो।
श्रमिकहरूको लगातार आन्दोलनले अब कमानमा नयाँ मालिक आउने निधो भएपछि खुसी अनुभव भईरहेको कालचिनी चियाबारीको श्रमिकहरूले बताएका छन्। नयाँ मालिकसित श्रमिकहरूको चुक्ति पश्चात कमानमा काम सुचारु चल्ने आशा कमानका यूनियन प्रतिनिधिहरूले जनाएका छन्।