रामनवमी शोभायात्रामा भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन

81db5a77-6616-4ab8-b429-c157f75ceff0


सिलगढी: विश्व हिन्दु परिषद र बजरंग दलको पहलमा रामनवमीको शोभायात्रामा भएको आक्रमणको विरोधमा सोमबार विरोध प्रदर्शन गरिएको छ। दिउँसो ३ बजे सिलगढीको एयरभ्यु मोडमा यो कार्यक्रम आयोजना गरिएको थियो। त्यसदिन भएको हिंसात्मक घटनाको विरुद्धमा विश्व हिन्दु परिषदद्वारा एसडीओ समक्ष ज्ञापनपत्र प्रदान गरिएको छ। सो अवसरमा दुवै संघसंस्थाका कार्यकर्ता तथा सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति थियो। प्रदर्शनका कारण एयरभ्यु मोडमा ठूलो जाम भएको थियो। तर, पुलिसको पहलमा तत्काल भीडलाई नियन्त्रणमा लिइएको थियो।
उल्लेखनीय छ,रामनवमीको शोभयात्रामा बंगालका धेरै सहरमा ढुंगामुढा लगायत अप्रिय घटना घटेको थियो। घटनामा ठूलो संख्यामा मानिसहरू घाइते भएका थिए। विश्व हिन्दु परिषद् र बजरंग दलको पहलमा घटनाको विरोधमा लगातार विरोध कार्यक्रम आयोजना भइरहेको छ। यसै अन्तर्गत सोमबार सिलगढीको एयरभ्यू मोडमा विरोध प्रदर्शन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement