भागोप्रमो अम्बटे-पंखाबारी-लङ्भ्यु समष्टिको प्रार्थी कल्पना प्रधानको दुधेमा चुनावी सभा

BGPM-Dudhe

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखबारी-लङ्भ्यू-अम्बटे समष्टिको प्रार्थी कल्पना प्रधानको अप्पर दुधेमा बिष्णु प्रसाद शर्माको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै प्रार्थी कल्पना  प्रधानले दुधे खोलामा बाँध निमार्ण गर्नु यस क्षेत्रको मानिसहरूको पुरानो माग हो र आफूले चुनाव जितेको खण्डमा बाँध निमार्णको निम्ति पहल गरिदिने वचन दिएकी छन्l सम्बोधनको क्रममा दुधे ब्लक अध्यक्ष नन्द कुमार थामीले समष्टीको प्रार्थी कल्पना प्रधानले चुनाव जितेको खण्डमा डम्फेटारदेखि तरूवासम्मको पक्का बाटो निमार्ण गर्न विभागीय पहल गरीदने वचन दिइन्। सभामा केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महुकमा समिति  प्रवक्ता अनुप रामुदामु, महुकमा संगठनिक सचिव संजोक रोका, समस्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान,सह-सचिव कुनाल छेत्री, प्रचार प्रसार सचिव जिनोद परियारको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement