बम बनाउँदा विष्फोट हुँदा एकजना गम्भीर घाइते

56514763-52af-45b6-81d8-13a0708be815

उत्तर दिनाजपुर: बम बनाइरहेको बेला विष्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन्। घाइतेको नाम तोफर अली हो। उनलाई इस्लामपुर डिभिजनल अस्पतालमा भर्ना गरिएको छ। घटना सोमबार उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गतको अगतिमती खुन्ती ग्राम पञ्चायतको बानियाभिटा क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार बानियाभिटा क्षेत्रमा तोफर अली नामका व्यक्तिले बम बनाउँदै गर्दा विष्फोट भएको हो। यद्यपि तोफर अलीका परिवारका सदस्यहरूले उनीहरूको घरमा बाहिरबाट कसैले बम प्रहार गरेको दाबीगरेका छन्। घटनास्थल पुगेर इस्लामपुर पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। बम विष्फोटबारे पुलिसले अहिलेसम्म केही बोलेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement