फेरि अर्ना भैसीको आक्रमणबाट घाइते

89d4510a-3a03-4b2e-8b74-248a4c264649

जलपाइगढी: फेरि अर्ना भैसी गाउँभित्र पस्यो र खुब ताण्डव मच्चायो। अर्ना भैसीको आक्रमणबाट फेरि एकजना घाइते भएका छन्। घटना जलपाइगढी जिल्लाको नगरकट्टा ब्लकको अंगरभाषा दुइ नम्बर ग्राम पञ्चायत क्षेत्रको हो। स्थानीय स्रोतका अनुसार, नजिकैको मराघाट रेञ्जको जङ्गलबाट एउटा अर्ना भैसी पहिले पूर्वी खेरकाटा गाउँमा प्रवेश गऱ्यो अनि फेरि धन्डला सिमलादास पाडामा प्रवेश गरेको थियो। अर्ना भैसीको आक्रमणबाट चैतु राय नामको व्यक्ति घाइते भएका छन्। हाल घाइतेको जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ। सूचना पाएलगत्तै बिन्नागढी वन्यजन्तु वचाउ टोली र नाथुआ रेन्जका वन अधिकारीहरू घटनास्थलमा पुगेका थिए। यससँगै बानरहाट थानाको पुलिस पनि घटनास्थलमा पुगे। हाल त्यो अर्ना भैसी झाडीमा लुकेर बसिरहेको बताइएको छ। वनकर्मीहरूले अर्ना भैसीलाई जঙ্गलमा फिर्ता पठाउने प्रयास गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement