अलिपुरद्वार: सौहार्द भट्टाचार्यले उच्च माध्यमिक परीक्षामा ४९० अङ्क प्राप्त गरेर राज्यभरिमै नवौँ स्थान ओगटेको छ। तिनी अलिपुरद्वार म्याक विलियम हाई स्कुलका छात्र हुन्। सौहार्द भट्टाचार्य अलिपुरद्वारको नेताजीपाडा निवासी हुन्। तिनको सफलतामा परिवारमा खुशीको लहर छाएको छ। तिनको बाबु अशोकतरू भट्टाचार्यको चार वर्ष अघि निधन भएको थियो। तिनी म्याक विलियम हाई स्कुलका शिक्षक थिए। सौहार्द भट्टाचार्यले बताएअनुसार मैले शिक्षकहरूको मार्ग दर्शनमा आफ्नो पढाई गरे। भविष्यमा डाक्टर बन्ने इच्छा रहेको तिनले बताए।