खरसाङ: आगामी जीटीए चुनावको लागि खरसाङ गिध्द पहाड़ समष्टिबाट प्रार्थीको रुपमा उठेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको पक्षमा आज २९ नम्बर समष्टि अन्तर्गत गिध्द पहाड़मा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभामा भागोप्रमो अध्यक्ष एंव प्रार्थी अनित थापा आफै उपस्थित रहेका थिए। यसै सभामा खरसाङको गिध्द पहाड़ क्षेत्रबाट गोजमुमोबाट ६० परिवारहरू भागोप्रमोमा सामेल भएका छन्। सामेल हुनेहरूमा गोजमुमो खरसाङ महकुमा समितिको सहसचिव एंव गिध्द पहाड़ खण्ड समितिको सभापति बिबेक मोक्तान मुख्य रहेका छन्। उनकै नेतृत्वमा गिध्द पहाड़ क्षेत्रबाट गोजमुमो त्यागेर ६० परिवारहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन जनाएका छन्। पार्टीमा सामेल हुनेहरू सबैलाई पार्टीको अध्यक्ष अनित थापाले पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्।

भागोप्रमोमा सामेल भएपछि बिबेक मोक्तानले म कुनै पार्टीलाई देष्याउनु चाहदिनँ तर गिध्द पहाड़लाई विकासित गराउनलाई व्यवहारिकताको राजनीति पनि गर्नु पर्ने रैछ त्यसैले म गोजमुमो त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताएका छन्। भागोप्रमो अध्यक्ष अनित थापाको पक्षमा लगातार रुपमा खरसाङ गिध्द पहाड़ समष्टिमा चुनावी सभाहरू भइरहेको छ र आज पनि अनित थापाको उपस्थितिमा समष्टीको सभापति पेमेन्द्र गुरुङको सभापतित्वमा र गिध्द पहाड़को सचिव दिपेन मोक्तानको सञ्चालनमा सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले गिद्ध पहाड़मा एकता भएपछि विकास भएर जान्छ भन्दै काम गर्ने मान्छेको गल्ती हुन्छ तर तर गल्ती दोहोऱ्याउनु हुँदैन भनी बताए। तिनले चुनावमा भोट दिएर जिताए मेरो जूत होइन गिध्द पहाड़को जित हुने बताए। उनले सबैलाई मिलेर बस्ने तब विकासको कार्य हुन्छ भनी निवेदन गरेका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो गिध्द पहाड़को को-अर्डिनेटर रुबेन छेत्रीले चुनावी सभा र समर्थन कार्यक्रम विषयमा बोल्दै आज पार्टी अध्यक्ष अनित थापाको पक्षमा गिध्द पहाड़मा चुनावी सभा सम्पन्न भएको र उक्त सभामा नै गोजमुमो खरसाङ महकुमा समितिको सह सचिव बिबेक मोक्तान लगायत ६० परिवारहरूले भागोप्रमोलाई समर्थन जनाएको बताएका छन्। उनले यसपाली हामीले पार्टी अध्यक्ष अनित थापाको लागि शुरुदेखि नै चुनाव प्रचार गरेको बताउँदै यसपाली गिध्दे क्षेत्रका जनताले सय प्रतिशत भोट अनित थापालाई नै दिने आशा व्यक्त गरेका छन्।