काठमाडौं: हलमा रिलिजको समयमा दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने भएको छ। सिनेमाघर एपमा सार्वजनिक हुन लागेको फिल्मले आउँदो नयाँ वर्ष अथात् १४ अप्रेलदेखि ओटीटी यात्रा शुरु गर्नेछ। पूर्वसन्ध्यामा खेलौना बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी फिल्म सार्वजनिक गर्न लागेको जानकारी गराएको हो। परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले हेर्न जति दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो। समीक्षकले पनि फिल्मको निर्देशन तथा कलाकारको अभिनयको उच्च तारिफ गरेका थिए।

प्रेमकथा श्रेणीको फिल्ममा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ। दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ। अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्। चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुतकर्ता राजु फुयाल हुन्। फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको थियो।
भिडियो लिङक – https://www.youtube.com/watch?v=9OEu43_Yn4M