शिक्षक नियुक्ति दुर्नीतिको विरोधमा डीवाईएफआईको ऱ्याली र धरना

IMG-20220610-WA0149.jpg

कालचिनी: एसएससी र टेट परीक्षा मार्फत शिक्षक ‌नियुक्तिमा धाँधली भएको विरोध गर्दै आज अलिपुरद्वारमा डीवाईएफआई र एसएफआईको पक्षबाट विराट ऱ्यालीको आयोजना गर्दै अलिपुरद्वार डीआई कार्यालय अभियान अन्तर्गत अलिपुरद्वार प्रशासनिक भवन डुवर्सकन्या अघि पुगेर विक्षोभ प्रदर्शन गरिएको थियो। शिक्षक नियुक्ति प्रसङ्गमा मन्त्री र नेताहरूलाई पक्राउ गरिनु पर्ने दाबी लिएर आज उक्त ऱ्याली अलिपुरद्वार महाकालधाम क्षेत्रबाट निकालिएको थियो भने ऱ्यालीले अलिपुरद्वार सहरको विभिन्न ठाउँहरू परिक्रमा गर्दै अन्ततः डुवर्सकन्या अघि विक्षोभ प्रदर्शन गरेको थियो। डुवर्सकन्या अघि अगावै पुलिसको ब्यारिकेड लगाईएको थियो भने प्रदर्शनकारी र पुलिसमाझ घम्साघम्सी चलेको थियो।
अन्ततः प्रदर्शनकारीहरूले त्यही बसेर प्रायः ४५ मिनट धरना र नारा लगाएको थियो। आज उक्त ऱ्याली र धरना प्रदर्शनमा डीवाईएफआईका राज्य सभापति ध्रुवज्योती साहा, जिल्ला सभापति बापन गोप, जिल्ला महासचिव राजु ब्यानर्जी, एसएफआई जिल्ला सचिव रायोताभ बर्मन लगायत अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो। प्रदर्शनमा उपस्थित रहेको डीवाईएफआई राज्य सभापति ध्रुवज्योती साहाले तृणमूल सरकारले भ्रष्ट नेताहरूलाई जेल हालेर दिदीले नयाँ मन्त्रीमण्डलको गठन गर्नुपर्ने र यही मन्त्री औ भ्रष्ट नेताहरूले एसएससी टेट परीक्षामा उल्टा पुल्टा गरेर शिक्षक नियुक्तिमा धाँधली भएको र यसको विरोधमा डीवाईएफआई र एसएफआई लगातार लागि पर्ने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement