सिनीद्वारा चाइल्ड फ्रेन्डली कर्नरको उद्घाटन

IMG-20220610-WA0148.jpg

कालचिनी। चाइल्ड इन नीड इन्स्टीट्यूट सिनीको पहल औ हन्ड्रेड भिलेज प्यारी प्रकल्पको सहयोगितामा आज कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतमा चाइल्ड फ्रेन्डली कर्नर (सीएफसी) को उद्घाटन सम्पन्न भएको जानकारी सिनी प्रोजेक्ट कोर्डिनेटर योगेश लामाले दिएका छन्। आज उक्त अवसरमा सिनी उत्तर बङ्गाल युनिटबाट नवराज छेत्री, सौम्य बसु एवम् विशिष्ट अतिथिमा गारोपाड़ा ग्राम पञ्चायतका उपप्रधान पुनाई भगत एवम् आईसीडीएस आशा र एएनएम स्वास्थ्य कर्मीहरूको उपस्थिति रहेको थियो। आगामी १२ जुन बाल श्रम दिवसलाई ध्यानमा राखेर आज गारोपाड़ा ग्राम पञ्चायतमा यो चाइल्ड फ्रेन्डली कर्नरको शुभारम्भ गरिएको र यसको निम्ति गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा र उपप्रधान पुनाई भगतप्रति आभार रहेको सिनी प्रोजेक्ट कोर्डिनेटर योगेश लामाले जनाएका छन्। आज यस अवसरमा बस अनि चित्र बनाउ प्रतियोगिता पनि आयोजना गरिएको थियो भने प्रतियोगीहरूलाई सिनीको पक्षबाट पुरस्कार वितरण गरिएको थियो।
सिनी उत्तर बङ्गाल युनिटबाट नवराज छेत्री र सौम्य बसुले विशेषगरी यस क्षेत्रको बच्चाहरूलाई बाल श्रम, बाल विवाह एवम् अन्यान्य सामाजिक अपराधहरूबाट सचेत गराउन यो कर्नर खोलिएको र यसबाट बच्चाहरूको सर्वाङ्गीन विकासमा मदत पुग्ने आशा गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement