सिलगढी: घटना सिलगढी महकुमाको नक्सलबारी ब्लक अन्तर्गत रथखोला क्षेत्रको हो। जानकारी पाएअनुसार गोमा तामाङ नामक एक महिलाको केही महिनाअघि शारीरिक रोगका कारण निधन भएको थियो। त्यसपछि परिवारजनले तिनको शवलाई नजिकैको चिहानघारीमा दफन गरेका थिए। आज केही मानिसहरू त्यस चिहानघारीको छेउछाउबाट ओहोरदोहोर गर्दा अचानक चिहान खनेर माटो छरिएको देखे। यो खबर परिवारका सदस्यहरूले पाएपछि उनीहरू अत्तालिँदै त्यहाँ आइपुगे। त्यहाँ मृतक गोमा तामाङको चिहानबाहिर उनले लगाएको लुगा, टाउकोको टोपी, कफनको काठ सबै छरपस्ट अवस्थामा फैलिएको थियो। यसैबीच परिवारजनले मृतकको शरीरबाट केही अङ्ग चोरी भएको दाबी गरेका छन्। सम्पूर्ण घटनाको जानकारी नक्सलबारी पुलिस थानालाई दिइएको छ साथै मृतकका परिवारजनले मेजिस्ट्रेट जाँचको माग गरेका छन्।